नायकको हात भाँच्चिएपछि ‘सिन्दुरे जात्रा’ रोकियो

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को बिहीबारबाट दुई साताको लागि रोकिएको छ । छायांकनको क्रममा यो चलचित्रका मुख्य अभिनेता विजय बराल दुर्घटनामा परेर घाइते भएका कम्तीमा एक महिनाको लागि छायांकन रोक्नु परेको यसका निर्माता दिनेश खड्काले बताएका छन् ।

निर्माता खड्काका अनुसार सो दुर्घटनामा अभिनेता विजयको दाइने हातको जोनी खुस्किएको छ । उनी घोडाबाट लडेर हातको जोर्नी खुस्किएको पनि उनले बताएका छन् ।

यो चलचित्रको दुई साता यताबाट पर्वतको कुस्मा नगरपालिका–१४ स्थित आर्थर डाँडा खर्क गाउँमा छायांकन भइरहेको थियो । छायांकनकै क्रममा बुधवार दिउँसो अभिनेता विजयले घोडा चढेर एउटा दृश्य दिनु पर्ने थियो ।

क्रममा अचानक सन्तुलन बिग्रँदा उनको दाहिने हातको जोर्नीमा चोट लागेको हो । त्यहाँ आगामी १५ असारसम्म चलचित्रको सबै छायांकन स्थगित गरिएको छ । छायांकन स्थलबाट सम्पूर्ण प्राविधिक एवम् कलाकारलाई शुक्रवार र शनिवार काठमाडौँ पठाएका यस चलचित्रका निर्माता दिनेश खड्का सोमबार मात्र काठमाडौँ फर्कँदै छन् । घटना’bout उनले राजधानीलाई भने,‘नायक विजय जी एउटा दृश्यका लागि घोडा दौडाउँदै गर्दा मोडमा पुगेर रोक्ने क्रममा उहाँ घोडाबाट लड्नु भयो । दुर्घटना लगत्तै उहाँलाई कुस्मास्थित प्रदेश अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारका लागि पोखराको मेट्रो सिटी अस्पताल पु¥याउँदा उहाँको हात भाँचिएको रिपोर्ट ‘एक्स–रे’मा आयो ।’

अभिनेता विजयको भाँचिएको हातको सो अस्पतालमा बिहीबार ‘प्लास्टर’ गरेर उनलाई शनिवार घर पठाइएको पनि उनले बताए । विजयको हातको प्लास्टर २८ दिनमा खोल्ने भनेर चिकित्सकले सुझाव दिएपछि बाँकी छायांकन आफूहरूले १५ जेठबाट सुरु गर्न लागेको पनि निर्माता दिनेशले राजधानीलाई बताए । २८ दिनमा विजयको हातको प्लास्टर खोले पनि ४० दिन उनले आराम गर्नु पर्ने सुझाव पनि उनका चिकित्सकहरूले दिएका छन् ।

चलचित्रको ’boutमा निर्माता दिनेशले भने,‘हामीले ३५ दिनको सेड्युल राखेर चलचित्र सिन्दुरे जात्राको छायांकन १ जेठबाट सुरु गरेका थियौँ । करिब ६० प्रतिशत छायांकन सम्पन्न गरेपछि यति बेला विजय बरालको हात भाँचिएर एक महिनाको लागि छायांकन रोक्नु परेको हो ।’

निर्माण टिमले १५ असारबाट छायांकन सुरु गर्ने भने पनि त्यति बेलासम्म आफू पूर्ण स्वास्थ्य हुन नसक्ने विजयले बताएका छन् । आफू असारको तेस्रो हप्तापछि मात्र चलचित्रको छायांकनमा जोडिने उनले बताएका छन् । यो चलचित्रमा अभिनेता विजयसँगै विनोद न्यौपाने, अञ्जना बराइली, उषा खड्गी, भोलाराज सापकोटा, लोकेन्द्र लेखकलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग