कुवेतको उत्तरी क्षेत्रमा आक्रमणमा परी एक नेपालीको मृत्यु

कुवेतको उत्तरी क्षेत्रमा भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ। उक्त घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै नागरिकमाथि भएको अन्धाधुन्ध आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा निर्दोष नेपाली नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न, अधिकतम संयम अपनाउन तथा अन्तर्राष्ट्रिय कानुनअनुसार नागरिक र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ।

मन्त्रालयले सबै परिस्थितिमा जेनेभा कन्भेन्सन्स तथा अन्तर्राष्ट्रिय मानवीय कानुनका लागू नियमहरूको पूर्ण सम्मान र कडाइका साथ पालना गर्नुपर्नेमा पनि जोड दिएको छ।

परराष्ट्र मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, मृतकको शव यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाउनेसहित आवश्यक सबै सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको जनाएको छ।

मन्त्रालयले मृतकको परिचय तथा आक्रमण’bout थप विवरण भने सार्वजनिक गरेको छैन।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

epaper

ताजा समाचार

पाकिस्तानको ब्रड पिक हिमपहिरोमा निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता