काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले मंगलबार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
आजको दोस्रो बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
तर विपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुख अर्यालले कार्यसूचीमा भएका कार्यक्रम हटाएर मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिने प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ ।
तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)
सम्बन्धित समाचार
कांग्रेस प्रतिष्ठानले गर्यो १२ उपसमिति गठन
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
बेलायती मन्त्री मल्होत्रा नेपालमा
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै
रास्वपाले टुंग्यायो महाधिवेशन तयारी कार्यतालिका
कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
राष्ट्रियसभाबाट दुई विधेयक पारित
विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्ने






