काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवल शमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन् ।
प्रवक्ता सुगन लावतीका अनुसार पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखिएको छ । नवगठित पार्टीको सभापतिमा डा. धवल शमशेर जबरा र सर्वोच्च नेतामा दुर्गा प्रसाईं रहने निर्णय गरिएको छ ।
पार्टी दर्ताका लागि साउन २८ गते निर्वाचन आयोग जाने तयारी भइरहेको प्रसाईंका स्वकीय सचिव दीपक खड्काले मकालुखबरलाई जानकारी दिए । उनका अनुसार दल दर्तासम्बन्धी सबै तयारी पूरा भइसकेको छ ।
डा. धवल शमशेर जबरा राप्रपा परित्याग गरेपछि छुट्टै राजनीतिक अभियानमा सक्रिय थिए । यस्तै, दुर्गा प्रसाईं लामो समयदेखि विभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनमा संलग्न रहँदै आएका छन् । उनी मेडिकल व्यवसायीसमेत हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)
सम्बन्धित समाचार
कोशीमा एमालेले मुख्यमन्त्री फेर्ने
संघीय संसदमा पेश गर्न ९ विधेयक स्वीकृत
साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड
गृहमन्त्री जाने भएपछि सिरहामा तनाव
शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला
धनुषामा गृहमन्त्रीसँग हिन्दू सम्राट सेनालगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी






