प्रतिनिधिसभा बैठकमा अमर्यादित गतिविधि गर्नेमाथि सभामुख कारबाही गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अमर्यादित गतिविधि गर्नेमाथि सभामुख डीपी अर्यालले कारबाही गर्ने तयारी गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा हिजोको घटना’bout छानबिन गर्नको लागि प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरेको उनले जानकारी गराए ।

उनले भने, ‘सदनमा अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानी नोक्सानी एवम् क्षति पुर्‍याउने कार्य समेत रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेको छ ।’

सात दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश भएपछि कारबाही हुनसक्ने बताए । समितिमा संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको बताए।

समितिलाई अध्ययन गर्नको लागि ७ दिन समय दिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग