काठमाडौं । ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ बस्ने २५ वर्षीय महमद मजिदुल इस्लामसहित १५ जना बंगलादेशी नागरिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
काठमाडौं ठमेल एरियामा बंगलादेशीलगायतका विदेशी नागरिकले भिजिट भिसामा नेपाल आई भिसाको उद्देश्य विपरित शंकास्पद रूपमा बसेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित होटल एसीइको चौथो, पाँचौ, छैटौ तल्लाका कोठा भाडामा लिई अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको फेक फेसबुक एकाउन्ट बनाई बंगलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गर्ने, ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको प्रहरीको आरोप छ ।
सम्बन्धित समाचार
सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस
आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने २ जना पक्राउ
चिसाङ खोलामा अवैध उत्खनन् नियन्त्रणमा सक्रिय लेटाङ प्रहरी
चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
अध्यागमन सुशासनका लागि ‘डिजिटल टाइम कार्ड’ लागू
सहकारी संस्थाहरूको दर्ता आनाकानी
वैशाखमा पक्राउ परे एक हजार बढी लागुऔषध कारोबारी






