काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)को अभिव्यक्तिलाई लिएर विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।
यससँगै विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री शाहले संसद्मा आएर माफी माग्नुपर्ने मागसमेत गरेका छन् । उनीहरूले माग पूरा नभएसम्म संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाइरहेकै बेला सभामुख डोलप्रसाद अर्याल (डीपी)ले संसद् बैठक सञ्चालन गर्न खोजेका थिए । तर त्यसलगत्तै विपक्षी दलका सांसदले ‘बेल’ घेराउ गरेका थिए । सांसदले घेराउ गरेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन् । प्रतिनिधि सभाको अर्को बैठक २५ जेठ सोमबार बिहान ११ बजे बस्नेछ ।
प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै रास्वपाले सीमासम्बन्धी अभिव्यक्तिले नेपालको पक्षलाई अझ बलियो बनाएको टिप्पणी गरेको छ । रास्वपा महामन्त्रीसमेत रहेका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै प्रधानमन्त्री शाहको भनाईको बचाउ गरे ।
नेपाल–भारत सीमा क्षेत्रमा देखिएको भूउपयोगको विषयलाई सीमा मिचिएको भनेर मात्र व्याख्या गर्न नहुने भन्दै त्यस’bout अन्तर्राष्ट्रिय अभ्यास र कूटनीतिक छलफलका आधारमा अघि बढ्नुपर्ने उनले बताए ।
उनले दशगजा क्षेत्रको दुवैतर्फ विभिन्न प्रकारका भूउपयोग भइरहेकाले त्यसलाई कसरी परिभाषित गर्ने भन्ने विषय महत्वपूर्ण रहेको बताए । प्रधानमन्त्रीले पनि यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा छलफल गरेर अघि बढ्नुपर्ने धारणा राखेको उल्लेख गर्दै उनले त्यसले सीमा समस्याको समाधानका लागि थप बलियो आधार प्रदान गरेको बताए ।
यता सत्तारुढ रास्वपाकी सांसद आशिका तामाङले विपक्षी दलहरूले उठाएका प्रश्नको सदनमै आएर जवाफ दिन प्रधानमन्त्री शाहलाई आग्रह गरेकी छन् । सामाजिक सञ्जालमार्फत तामाङले सदनमा आएर विपक्षी सांसदका प्रश्नहरूमा सवालजवाफ गरिदिन आग्रह गरेकी हुन् ।
राष्ट्रिय सभाको बैठकमा पनि विपक्षी दलले विरोध जनाएका थिए । उनीहरू विरोधपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरे । राष्ट्रिय सभाको अर्को बैठक २० जेठ मध्याह्न १२ः१५ बजे बस्नेछ ।
नेपालले भारतको भूमि मिचेको भनेर प्रधानमन्त्री शाहले दिएको विवादास्पद अभिव्यक्तिपछि संघीय संसद्को दुबै सदनमा निरन्तर विपक्षी दलहरुले विरोध गर्दैआएका छन् ।
सम्बन्धित समाचार
सभामुखले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाए
संविधान संशोधनको एजेण्डामा ‘राष्ट्रिय सहमति’
हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ : मन्त्री यादव
अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस
राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छः राष्ट्रपति पौडेल
संसदमा रमिता छ !
पुष्प वर्षासहित भाजपा मुख्यालयमा लामिछानेलाई भव्य स्वागत
रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता






