काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सह-सचिव सिर्जना थपलियालाई जिम्मेवारी दिएको छ। गृह मन्त्रालयले शुक्रबार १६ जना सह-सचिव सरुवा गरेको हो।
हाल संखुवासभाको प्रमुख जिल्ला अधिकारी रहेकी थपलियालाई महत्त्वपूर्ण मानिने विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी दिइएको हो। यसअघि विमानस्थल अध्यागमन प्रमुख नरहरि घिमिरे ललितपुरको प्रमुख जिल्ला अधिकारी भएर गएका थिए। उनको सरुवासँगै रिक्त रहेको स्थानमा थपलियालाई खटाइएको छ।
यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखमा बलराम निरौला सरुवा भएका छन्। उनीहरूसँगै १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरिएको छ
तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)
सम्बन्धित समाचार
बकर इदका अवसरमा जेठ १४ सार्वजनिक बिदा
अभिक शाह र दानिसा पुरी बने जुनियर चेस च्याम्पियन
सुकुम्वासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा
बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन
प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
‘एलिफेन्ट्स इन द फग’लाई कान्समा ऐतिहासिक अवार्ड, नेपालमा स्वागत गरिँदै
चेस विशेष साधारणसभाले अविश्वासको प्रस्ताव अस्वीकृत






