प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएस्को बैठक सूचना टाँसेर भोलिसम्मका स्थगित गरिएको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै मङ्गलवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जनाएका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा बोलेको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले रोष्टममा उभिएर माफी माग्नुपर्ने माग राख्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह