निर्मल पुर्जाको अन्त्येष्टि लन्डनमा गरिने

काठमाडौं । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतको लन्डनमा गरिने भएको छ।

गत साउन १४ गते ब्रड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी निधन भएका पुर्जा १० सदस्यीय आरोही टोलीको नेतृत्व गरेका थिए । उनको परिवार बेलायतको लन्डनमा रहेकाले धार्मिक परम्पराअनुसार अन्त्येष्टि उतै गरिने भएको हो।

परिवार लन्डनमा बसोबास गर्दै आएकाले धार्मिक परम्पराअनुसार उतै अन्त्येष्टि गरिने तयारी भइरहेको परिवारले जनाएको छ। पुर्जाका दाजु कमलबहादुर पुर्जाका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्रै अन्त्येष्टिको मिति तय गरिनेछ।

साउन १४ गते ब्रड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी पुर्जाको निधन भएको थियो। प्रतिकूल मौसमका कारण ढिलाइ भएको शव उद्धार बुधबार सम्पन्न भएको एलिट एक्सपिडिसनले जनाएको छ। कम्पनीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी शव शुक्रबार राति वा शनिबारसम्म बेलायत पठाउने तयारी गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै