धनगढी । कैलालीमा एक जना १८ वर्षीया युवतीलाई सामूहिक जबरजस्ती करणी भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१६ की १८ वर्षीया युवतीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय प्रदीप चन्दसहित १६ र १७ वर्षीय दुई किशोर रहेका छन् । उनीहरूलाई आइतबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गत जेठ २१ गते राति युवतीमाथि जबरजस्ती करणी भएको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएको थियो ।
जाहेरीपछि अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट प्रहरी नायब निरीक्षक चरणसिंह बुढाथापाको नेतृत्वमा खटिएको टोलीले आरोपितहरूलाई पक्राउ गरेको हो । प्रहरीले तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।
पीडित युवतीको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना युवतीका प्रेमीसमेत रहेका छन् । घटना’bout थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्बन्धित समाचार
धनगढीमा १४५ ग्राम लागूऔषधसहित दुई जना पक्राउ
एसइई २०८२ : उत्कृष्ट नतिजा ल्याउने धनगढीका २० विद्यालय सम्मानित
महाकाली नदीमा सेनाको विपद् अभ्यास
डडेल्धुरामा गुञ्जियो खेलकुदको उत्साह
बिहानै मदिराले मातेपछि…
सुदूरपश्चिमको टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदै
अमरगढीमा फोहोर व्यवस्थापन केन्द्र निर्माण फेरि विवादमा
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह






