अगिया खोलामा अवैध उत्खनन, सशस्त्रको छापा

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित अगिया खोलाबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले लोडर मेशिन र टिप्पर नियन्त्रणमा लिएको छ।

बुधबार दिउँसो विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चौरीको टोलीले खोलाबाटै उक्त उपकरणहरू नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार लु १ क ४१८२ नम्बरको जेसीबी प्रयोग गरी लु १ ख ६२३५ नम्बरको टिप्परमा बालुवा लोड गरिरहेको अवस्थामा दुवै सवारी साधन नियन्त्रणमा लिइएको थियो।

नियन्त्रणमा लिइएका सवारी साधनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि बुद्धभूमि नगरपालिकामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सक्रिय सशस्त्र प्रहरीले पछिल्लो समय वनजन्य तथा नदिजन्य पदार्थको चोरी निकासी र तस्करी रोकथाममा समेत विशेष ध्यान दिएको देखिन्छ।

सशस्त्र प्रहरी बल २८ नम्बर हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जिल्लाभर हुने अवैध राजस्व छलि तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा आफूहरू निरन्तर खटिएको बताए । उनले अवैध उत्खनन हुने क्षेत्रहरूमा निगरानी अझ सुदृढ बनाइएको र कानुनविपरीतका गतिविधिमाथि कडा कारबाही गरिने स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

अगिया खोलामा अवैध उत्खनन, सशस्त्रको छापा