काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो ।
राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस १५ गतेदेखि सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियलको नामावलीसमेत अनुमोदन गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुदलाई भव्य र सफल बनाउन सबै पक्ष एकताबद्ध भएर तयारीमा जुट्न आग्रह गरे ।
बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरू तथा परिषद्का बोर्ड सदस्यहरूको उपस्थिति थियो । बैठकमा राखेपका सदस्य–सचिव रामचरित्र मेहताले विभिन्न विषयवस्तु प्रस्तुत गरेका थिए ।
सम्बन्धित समाचार
साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड
गृहमन्त्री जाने भएपछि सिरहामा तनाव
शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला
धनुषामा गृहमन्त्रीसँग हिन्दू सम्राट सेनालगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
बूढानीलकण्ठमा गोली चल्यो, कर्मा तामाङ पक्राउ
दिउँसो पत्रकार सम्मेलनमार्फत आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं राति पक्राउ
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै






