चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिकमा कास्की प्रथम

स्याङ्जा । आज सम्पन्न चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिक प्रतियोगितामा कास्की जिल्ला प्रथम भएको छ ।

सैनिक बोर्डको जिम्नास्टिक प्रशिक्षण केन्द्रमा पुरुष तथा महिलाबीच भएको उक्त प्रतियोगितामा स्याङ्जा दोस्रो तथा बागलुङ तेस्रो भयो । गण्डकी प्रदेशअन्तर्गतका स्याङ्जासहित, कास्की, बागलुङ, नवलपुर र पर्वतका महिला पुरुष गरी ३८ प्रतिस्पर्धी सहभागी भएका थिए ।

‘फ्लोर इभेन्टस’ र ‘भल्टिङ इभेन्टस’ गरी दुई विधामा खेलाइएको उक्त प्रतियोगितामा ‘फ्लोर इभेन्टस’ स्याङ्जाका सोनिस थापा प्रथम, स्याङ्जाका श्रवण परियार द्वितीय र कास्कीका साइमन थापा तृतीय भएका हुन् ।

त्यस्तै, ‘भल्टिङ इभेन्टस’ को पुरुषतर्फ कास्कीका मियोन गुरुङ प्रथम, कास्कीका सार्जन श्रेष्ठ द्वितीय र स्याङ्जाका सोनिस थापा तृतीय भएका वालिङ नगरपालिका जिम्नास्टिक सङ्घका अध्यक्ष ताराप्रसाद श्रेष्ठले बताए ।

महिलातर्फ ‘फ्लोर इभेन्टस’ मा कास्कीकी लीला थापा प्रथम, स्याङ्जाकी जेनिशा गुरुङ द्वितीय र कास्कीकी मोनालिसा कार्की तृतीय भएकी हुन् । ‘भल्टिङ इभेन्टस’ मा महिलातर्फ कास्कीकी मोनालिसा कार्की प्रथम, स्याङ्जाकी नेशा गुरुङ द्वितीय, कास्कीकी लीला थापा, स्याङ्जाकी साधवी श्रेष्ठ र कास्कीकी क्रिस्टिना मश्राङ्गी तृतीय भएको उनले जानकारी दिए ।

महिला तथा पुरुष प्रतिस्पर्धीलाई दुई विधामा गराइएको समग्र प्रतियोगिता अवधिभर सबैभन्दा धेरै पदक कास्कीले जितेकाले कास्की प्रथम भएको हो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीलाई आगामी दशौँ राष्ट्रिय खेलकुदको छनोटको तयारीका लागि सहभागी गराइने भएको हो । गण्डकी प्रदेश जिम्नास्टिक सङ्घको व्यवस्थापन, वालिङ नगरपालिका जिम्नास्टिक सङ्घको संयोजनमा दुई दिन प्रतियोगिता सञ्चालन भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?