पोखरा । फेवातालमा मंगलबार साँझ आएको हावाहुरी र पानीको छालका कारण सर्फेस बोट पल्टिदा तालमा डुबेका २ जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको छ । हावाहुरी र पानीको छालका कारण २ वटा सर्फेस बोट तालमा पल्टिएको थियो ।
त्यसमा सवार भारतीय पर्यटक ४० वर्षीय धीरज कोरवाल र ३५ वर्षीय विकास कोरवाललाई फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक राजु थापाको कमाण्डको १० जनाको विपद् व्यवस्थापन टोलीलेसाँझ सवा ८ बजे सकुशल उद्धार गरेको हो । भारतीय पर्यटकले लाइफ ज्याकेट लगाएकाले मानवीय क्षति टरेको थियो ।
सशस्त्र प्रहरी बल नं. २४ गण कालिका कास्कीले फेवातालमा रेस्क्यु टावर स्थापना गरी तालमा सम्भावित घटनामा तत्काल उद्धार गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)
सम्बन्धित समाचार
पूर्व बैंकर रेशम थापाको कार दुर्घटनामा निधन
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्न
फिर्के खोलाघरका भत्किए १६० संरचना
पोखरा बसपार्कमा डोजर चल्ने तयारीबीच अदालतको आदेश
पोखरामा सुकुमवासी परिवारको जीवन बिमा
लालपुर्जा माग्दै राजविराज अनिश्चितकालिन बन्द
गोदावरी नदीको बाढीमा बगेर दुई महिलाको मृत्यु
सरकार फेरिएपिच्छे चेपुवामा प्रशासकीय अधिकृत






