काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अहिले फेरि सर्वपक्षीय एकता आवश्यक भएको बताएका छन् ।
साढे ५ महिनापछि आज स्वदेश फर्किएलगत्तै जारी गरेको विज्ञप्तिमा यनले भनेका छन्, ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु । २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरु एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो । मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुद गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ ।’
उनले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता राख्ने सबैलाई धन्यवाद भनेका छन् । उनले आफू सेवकका रुपमा उपस्थित भएको पनि भनेका छन् ।
‘आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु– सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन,’ उनले भने, ‘कृतज्ञताले परिपूर्ण हृदय र परिवर्तनका समीरलाई आत्मसात् गर्न तत्पर खुला चेतनासहित स्वास्थ्य उपचार सकेर म तपाईंहरूमाझ पाँच महिनापछि फर्किएको छु ।’
यस्तो छ उनको अपिल

सम्बन्धित समाचार
साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड
गृहमन्त्री जाने भएपछि सिरहामा तनाव
शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला
धनुषामा गृहमन्त्रीसँग हिन्दू सम्राट सेनालगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी
गुन्डुमा ढल्ने पालो अब हिक्मत कार्कीको !
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
रास्वपालाई लाग्यो स्थानीय तह चुनाव
देउवा स्वदेश फर्किनुअघि सानेपामा कांग्रेस बैठक






