चीनसँग पनि सीमा विवाद छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग पनि सीमा विवाद रहेको बताएका छन्। बिहीबार सदनमा सांसदहरूको प्रश्नको जवाफ दिँदै सीमित ठाउँहरूमा विवाद रहेको बताए ।

‘केही सीमित ठाउँहरूमा चीनको सीमामा सीमा विवादहरू छ, विवादै नभएको होइन,’ उनले भने, ‘उत्तरी नाकामा एक्टिभिटी कम छ।’

यस्तै उनले नेपाल र भारतबीच सीमा स्तम्भ पुनर्निर्माण, क्रसबोर्डर अकुपेसनलगायतका विषयमा छलफल भइरहेको बताए। ‘लामो समयदेखि प्रक्रिया रोकिएको थियो, अहिले सुचारु भएको छ,’ उनले भने, ‘दुवै देशका प्राविधिकहरू सीमा क्षेत्रमा हुनुहुन्छ। उहाँहरूले एक्टिभली कामहरु अगाडि बढाइरहनुभएको छ।’

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित