काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै,बैठकले बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री तिमिल्सिनाले जानकारी दिए । त्यसबाहेक राष्ट्रिय सेवा दल कानुन संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
साथै सहकारी ऐन, सार्वजनिक खरिद ऐन, सम्पत्ति शुद्धीकरण मनि लाउन्डिरिङ संशोधन विधेयक र स्वास्थ्यसँग सम्बन्धित विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले नेपाल विशेष सेवा ऐन २०४२ को साविकको ऐन जगाउन स्वीकृत गर्ने र धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार
बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले
नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता
विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो
पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
स्वतन्त्र सांसद पुन फेरि मन्त्री बन्दै
प्रतिनिधिसभा बैठक सञ्चालनमा ढिलाइ
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने







