‘झिंगे दाउ २’को मार्मिक गीत ‘महिमा आमाको’ सार्वजनिक

काठमाडौं । राष्ट्रिय धान दिवस तथा १५ असारको अवसर पारेर नेपाली चलचित्र ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको…’ भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डा.कृष्णहरि बरालको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

यो गीतको भिडियोमा चलचित्रका कलाकारहरू आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल, चैत्यदेवीसँगै अतिथी कलाकारहरू मदनकृष्ण श्रेष्ठ, मिथिला शर्माले अभिनय गरेका छन् । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल,संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको पनि अभिनय छ ।

यो चलचित्र २ असोजबाट चलचित्र घरमा रिलिज हुँदैछ । कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रु नेपाल प्रा.लिको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । जसमा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ । बिष्णु ‘कल्पित’को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन यो चलचित्रमा छ ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको यस चलचित्रमा गोविन्द फुयाल र शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन छ । चलचित्रमा ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट छ ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

रास्कोटमा खाद्यान्न अभाव नहुने