‘१३ औँ ड्रेस टु इम्प्रेस’मा १५५ डिजाइनर उत्रिए

काठमाडौं । १३ औँ संस्करणको ‘ड्रेस टु इम्प्रेसन’को चार वटा सिक्वेन्समा चार जना फेशन डिजाइन उत्कृष्ट भएका छन् । काठमाडौँको बागबजार र ललितपुरको कुमारी पाटीमा रहेका फेसनसम्बन्धी अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड इन्टेरियर डिजाइन ‘आइआइएफटी’ ले स्थापना काल देखि यो प्रतियोगिता गर्दै आएको छ । ‘आइआइएफटी’का विद्यार्थीहरू बिच उनीहरूले फेशन डिजाइन कलालाई उजागर गर्न यो प्रतियोगिता हरेक वर्ष आयोजना हुने गरेको छ ।

यसै क्रममा शनिवार साँझ काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न फेशन डिजाइन प्रतिस्पर्धा एवम् प्रस्तुति दिँदै आएको छ । यसै क्रममा शनिवार साँझ १३ औँ संस्करणको ‘ड्रेस टु इम्प्रेसन’मा ‘आइआइएफटी’ बागबजार र ‘आइआइएफटी’ कुमारी पाटीका १५५ विद्यार्थीहरू आफ्नो डिजाइनसहित ¥याम्पमा उत्रिएका थिए । आफ्नो फेशन डिजाइन उनीहरू आफैँले क्याटवाक सहित प्रस्तुत गरे । ती डिजाइनहरू चार फरक अवधारणा ‘डान्सिङ विथ द स्टार्स’, ‘अराउन्ड द वल्र्ड’, ‘ग्यालाक्टिक फेशन’ र ‘अ पारालाल युनिभर्स’ शीर्षकमा प्रस्तुत गरिएको थियो ।

जस अन्तर्गत ‘अराउन्ड द वल्र्ड’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको उपाधि प्रतियोगी नं. सुस्मिता ढुंगानाले र पब्लिक च्वाईस अवार्ड पनि सुस्मिताले नै जितिन् । ‘डान्सिङ विथ द स्टार्स’मा उत्कृष्ट डिजाइनरको उपाधि प्रतियोगी नं. २४ प्रेशा थापाले र यही विधामा पब्लिक च्वाईस अवार्ड प्रतियोगी नं. २१ सुजाता खनालले जितिन् । यस्तै ‘ग्यालाक्टिक फेशन’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको उपाधि प्रतियोगी नं. १०८ जया थापा र पब्लिक च्वाइस अवार्ड डिजाइनर नं.८४ अनुराधा बोहरा कार्कीले जिते । ‘अ पारालाल युनिभर्स’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको पुरस्कार प्रतियोगी नं. ११६ सृजना श्रेष्ठले र पब्लिक च्वाईस अवार्ड श्रीति पाण्डेले हासिल गरे । चारै जना विजेताले जनही २० हजार रुपैयाँ र चारै जना पब्लिक च्वाईस अवार्ड विजेताले जनही १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहारसमेत प्राप्त गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा करिब तीन घण्टासम्म चलेका ‘ड्रेस टु इम्प्रेस’को १३ औँ संस्करण फेसन मेलामा परिणत भएको देखिन्थ्यो । समारोहमा शोइज टपरको रूपमा अभिनेत्रीद्धय दिया मास्के, एलिजा गौतम र मोडल एवम् टेलिभिजन कार्यक्रम प्रस्तोता ओसिन सिटौला, मिस इको इन्टरनेसनल सेजल राजभण्डारी प्रस्तुत भएका थिए । उनीहरूले दुलही अवधारणाको लेहंगा तथा गाउन प्रस्तुत गरेका थिए ।

इटालीको मिलान फेसन सप्ताहमा त्यहाँका डिजाइनरहरूले प्रस्तुत गर्ने शैली र डिजाइनका पहिरनहरू यस पटक आइआइएफटीका विद्यार्थीहरूले प्रस्तुत गरे । यी डिजाइनहरूले समारोहमा उपस्थित दर्शकको मन जितेका आइआइएफटीका सञ्चालक शिवलाल श्रेष्ठले राजधानीलाई बताए ।

‘ड्रेस टु इम्प्रेस’ फेशन डिजाइन प्रतिस्पर्धा आयोजना गर्नुको कारण’bout समारोहमा आइआइएफटीका प्रवन्ध निर्देशक फुपू तेन्जिङ शेर्पाले भने,‘विद्यार्थीहरूले नयाँ नयाँ अवधारणा र मौलिक कला एवम् सिप प्रस्तुत गर्दै आफूलाई अझ निखार्ने अवसर पाउन भनेर हामीले १३ वर्ष अघि यो अवधारणा सुरु गरेको हो । यसलाई हरेक वर्ष परिष्कृत गर्दै नेपालको सबैभन्दा ठुलो फेशन डिजाइन सोको रूपमा प्रस्तुत गर्न सफल भएका छौँ ।’

यो फेशन सोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । फेसन डिजाइन प्रतिस्पर्धाको निर्णायकहरूमा अग्रज फेशन डिजाइन तथा इन्टरप्रेनरहरू मुक्ता श्रेष्ठ, निभा श्रेष्ठ, निशा श्रेष्ठ, रजनी माली र फेशन डिजाइनर महेश महर्जन थिए ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे