मुम्बई । बलिउड अभिनेता आमिर खान यति बेला आफ्नो तेस्रो विवाहमा व्यस्त छन् । उनी आइतबार दाम्पत्य सम्बन्धमा बाँधिँदै छन् । उनले तेस्रो श्रीमतीको रूपमा ५ जुलाईमा गौरी स्प्रैटलाई भित्राउँदै छन् । त्यसो त आमिर र गौरी केही समय यताबाट लिभिङ टुगेदरमासँगै बस्दै आएका छन् । तथापि आफूहरूको प्रेमलाई उनीहरूले कानुनी रूपमा विवाहको दर्जा दिन लागेका हुन् ।
आफूले यो विवाहको लागि ठुलो समारोह आयोजना नगर्ने आमिरले बताएका छन् । आफन्त र नजिकका साथीहरूलाई बोलाएर आफ्नै निवासमा एक सानो समारोहबिच यो विवाह गरिने पनि आमिरले बताएका छन् ।
आमिरले यस अघि रीना दत्ता र किरण रावसँग विवाह गरेका थिए । उनले पहिलो विवाह सन् १९८६ मा रीना दत्तासँग र दोस्रो विवाह २००५ मा किरण रावसँग गरेका थिए । यी दुबैसँग सम्बन्ध विच्छेद भएपछि उनले यति बेला गौरीसँग तेस्रो विवाह गर्न लागेका हुन् ।
गत वर्ष आफ्नो ६०औँ जन्मदिनका अवसरमा अभिनेता आमिरले आफ्नो प्रेमिकाको रूपमा गौरीलाई चिनाएका थिए । त्यसपछिबाट उनीहरू सम्बन्धमा रहँदै आएका छन् । गौरी बेङलुर निवासी हुन् । पेसाले उनी सैलुन व्यवसायी र फेसन व्यवसायी हुन्। गौरीको पनि यो दोस्रो विवाह हो । आमिरसँग गौरीको विगत २५ वर्षदेखि चिनजान थियो । यो चिनजान यति बेला विवाहमा परिणत हुँदै छ
सम्बन्धित समाचार
वायोपिकमा अग्रज कलाकार ‘मदनकृष्ण’
तमिल चलचित्रमा अझै मुख्यमन्त्री थलापति विजय नै महंगा अभिनेता
बलिउड कलाकार जसले अन्तर धार्मिक विवाह रोजे
ओस्कारमा जान ‘एलिफेन्ट्स इन द फग’ भदौमै रिलिज
‘धुरन्धर’को डिजिटल रिलिज अदालतबाट खुल्ला
मौलिक खानासँगै काठमाडौंको टोल टोलमा चलचित्र महोत्सव
‘पार्वती’को रत्यौली गीतमा दीपाश्रीको छेडखानी
अवैध अमेरिका छिर्नेहरुको पीडामा डा. चन्द्रले ल्याए ‘डंकी’






