‘हरियाली धनगढी’ अभियानअन्तर्गत नवज्योति विद्यालयमा १४९ बिरुवा रोपियो

धनगढी । धनगढी उपमहानगरपालिकाले ‘हरियाली धनगढी’ अभियानअन्तर्गत धनगढी उपमहानगरपालिका–१३, श्रीलंका स्थित नवज्योति आधारभूत विद्यालय परिसरमा १४९ वटा बिरुवा रोपेको छ ।

वातावरण संरक्षण, विद्यालय परिसरको सौन्दर्यकरण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयमा विभिन्न प्रजातिका बिरुवा रोपिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरका अनुसार वृक्षारोपण अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै गर्मी मौसममा शीतलता बढाउने र विद्यालयको भौतिक वातावरणलाई थप आकर्षक तथा वातावरणमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘हरियाली धनगढी’ अभियानअन्तर्गत उपमहानगरपालिकाले यसअघि पनि सडक किनार, सार्वजनिक स्थल, विद्यालय परिसर तथा खाली जग्गामा निरन्तर वृक्षारोपण गर्दै आएको छ ।

उपमहानगरपालिकाले आगामी दिनमा पनि धनगढीका अन्य विद्यालय तथा सार्वजनिक क्षेत्रमा वृक्षारोपण अभियानलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता