उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर । गत आर्थिक वर्ष २०८२/८३ मा उच्च अदालत विराटनगरले ४ हजार ९९ थान मुद्दा फैसला गरेको छ । अदालतद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा ७ हजार १५७ मुद्दा दर्ता भएकामा अझै तीन हजार ५८ थान नियमित र १८ महिना नाघेका ८७ थान मुद्दा फैसला गर्न बाँकी रहेको जनाएको छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा धेरै मुद्दा मिसिल जलेका कारण मुद्दा फैसला गर्न ढिलाइ भएको जानकारी दिए ।

उच्च अदालत विराटनगरले फैसलाको विवरण, व्यवस्थापकीय सुधार र अन्य कार्यक्रम’bout जानकारी गराइएको थियो । चालु अवस्थामा रहेका मुद्दामध्ये ४७ मुद्दाका मिसिल प्राप्त गर्न नसकेको तथा करिब ७० हजार मुद्दाका अभिलेख जलेकोमा १ हजार ६०० मुद्दा पुनः मिसिल खडा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

बागमती सरकारबाट बाहिरियो एमाले