कीर्तिपुरमा गुडिरहेको कारमा आगलागी, गाडीभित्रै डढेर चालकको मृत्यु

फाइल तस्बिर

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । बा ५ च ३०३८ नम्बरको गुडिरहेको निजी कारमा अचानक आगलागी भएको हो । मृतक चालकको सनाखत हुन सकेको छैन । सिट बेल्ट बाँधेको अवस्थामै उनलाई मृत फेला पारिएको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाउँदा उनको गाडीभित्रै मृत्यु भएको बताए ।

घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले फायर एक्स्टिङ्गुइसर (आगो निभाउने उपकरण) को प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए । आगो निभाउने काम भइरहँदा घटनास्थलमा दमकल समेत पुगेको थियो ।

गाडीमा कसरी आगो लाग्यो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर