भद्रपुर । झापाको बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर बनाइएका अनधिकृत संरचना हटाउन १५ दिने अन्तिम म्यादसहित पुनः ताकेता गरेको छ ।
नगरपालिकाले सोमबार दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सिमाना पर्ने महानन्द चोकदेखि मुक्तिचोक हुँदै देवनियासम्मको सडक क्षेत्रभित्र पर्ने भौतिक संरचना १५ दिनभित्र आफैँ हटाउन अनुरोध गरेको हो ।
सडक विभागको समन्वयमा नापजाँच र रेखाङ्कन कार्य सम्पन्न भइसकेको उक्त सडकको केन्द्र भागबाट दुवैतर्फ १५–१५ मिटर ९कुल ३० मिटर० क्षेत्राधिकार तोकिएको छ । यसअघि नगरपालिकाले गत जेठ २७ गते पहिलोपटक ३५ दिने सूचना जारी गरेको थियो ।
तर, तोकिएको अवधि बितिसक्दा पनि केही घरधनी तथा व्यवसायीहरूले संरचना नहटाएपछि पुनः दोस्रोपटक सूचना जारी गर्नुपरेको नगर प्रशासकीय अधिकृत सागर मिश्रद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
नगरपालिकाले तोकिएको १५ दिनको थप अवधिभित्र संरचना स्वतःस्फूर्त रूपमा नहटाएमा प्रचलित कानुनबमोजिम नगरपालिका आफैँले भत्काउने चेतावनी दिएको छ । यसरी संरचना भत्काउँदा लाग्ने सम्पूर्ण खर्च रकमसमेत सम्बन्धित घर वा जग्गाधनीबाटै असुलउपर गरिने नगरपालिकाले जनाएको छ ।
सम्बन्धित समाचार
पहिराले मेची राजमार्ग अवरुद्ध
सूर्यलाई जल चढाउने ठाउँ यसरी बन्यो पर्यटकीय गन्तव्य
कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
झापा र पूर्वी पहाडी जिल्लामा तटबन्ध
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’






