श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

झापा। झापाको दमक नगरपालिका-१ सिरपाली चोकमा श्रीमान-श्रीमतीबीचको विवादपछि एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्।

प्रहरीका अनुसार ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी दर्जीबीच सामान्य विषयमा विवाद भएको थियो। विवाद बढ्दै जाँदा धनबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो। घटनापछि धनबहादुर घरकै अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा