सुनसरीको कप्तानगञ्जमा सुरक्षा निगरानी गर्न काठमाडौंबाट पठाइयो ड्रोन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदाय बीचमा झडप भएको ठाउँमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबार साँझ हिन्दु र मुस्लिम समुदायबीचमा ढुङ्गा हानाहान भएपछि नजिकका जिल्लाहरूबाट थप प्रहरी कप्तानगञ्ज क्षेत्रमा परिचालन गरेको हो ।

कप्तानगञ्ज र अन्य प्रभावित ठाउँहरूको भित्री भागमा सुरक्षाकर्मी पुग्न नसकेपछि ती ठाउँको सुरक्षा निगरानी गर्न काठमाडौंबाट ड्रोन समेत पठाइएको छ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयमा उपलब्ध ड्रोन गएराति नै सुनसरी पठाएका हुन् ।

सुरक्षा थप प्रभावकारी बनाउन र शंकास्पद गतिविधि निगरानी गर्न ड्रोनको प्रयोग गर्न गरिने कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) योगेन्द्रसिंह थापाले जानकारी दिए ।

उनले भने, ‘हेडक्वार्टरबाट ड्रोन ल्याएका छौँ ।’ जिल्ला प्रशासन कार्यालयले विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटना छानबिन गर्न गठित समिति घटनास्थलमा पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी