सप्तरीको राजविराज र बोदेबरसाइन क्षेत्रमा कर्फ्यु जारी

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको राजविराज क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । सो कार्यालयले बिहीबार राति १० बजेदेखि बोदेबरसाइन क्षेत्रमा कर्फ्यु जारी गरेकोमा आज बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यु जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी थापाद्वारा जारी आदेशमा कर्फ्युको उल्लंघन हुने कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख छ ।

कर्फ्यु लागू गरिएको क्षेत्रको पूर्वी सीमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म रहेको छ ।

जल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

बोदेबरसाईन नगरपालिकामा बिहीबार राति १० बजेदेखि नै अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ । कफ्र्यु आदेशको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाले गस्ती गरिरहेको छ ।

सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपले उग्ररूप लिएपछि त्यसको प्रभाव सप्तरीमा समेत देखिन थालेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

ब्रड पिक हिमपहिरो: २ जनाको शव भेटियो, आरोहणमा को–को थिए ?