सप्तरीको राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

काठमाडौं । सप्तरीको राजविराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु  हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यु  हटाएर निषेधाज्ञा लगाएको हो ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकको निर्णयअनुसार कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यमकृष्ण थापाले जानकारी दिए ।

कर्फ्यु हटाएर प्रशासनले पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले राजविराज नगरपालिकाको पूर्वमा खाडो खोलासम्म, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलहीसम्म, उत्तरमा रुपनी रोडको बसविट्टीसम्म र दक्षिणमा कोसी पश्चिम मूल नहरसम्म (विष्णुपुर गाउँपालिका) र बोदेबरसाइन नगरपालिकाको पूर्वमा हुलाकी राजमार्गको खडक पुल, पश्चिममा प्रितमपुर चोक, उत्तरमा नेगडा चोक र दक्षिणमा मानराजा चोकसम्म निषेधाज्ञा जारी गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक साउन २४ गते बस्ने