भारतबाट आएकालाई क्वारेन्टाइन लाँदै गरेको ट्रिपर कर्णाली नदीमा खस्यो

कालिकोट । कालिकोटको कर्णाली करिडोर अन्तर्गतको लालिघाटमा भएको ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने यस्तै २ जना वेपत्ता भएका छन् । बुधबार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको ट्रिपर करिडोरको लालिघाट नजिकै कर्णाली नदीमा खसेको थियो ।

जिल्ला प्रहरि कार्यालय कालिकोटका अनुसार, ३८ जना यात्रु बोकेर रास्कोटतर्फ जाँदै गरेको ट्रिपर दुर्घटना भएको थियो । दुर्घटनामा पछि नदीमा बगेका ३४ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका ३४ जना मध्ये ९ जना घाइते रहेको प्रहरि प्रमुख श्यामबावु वलियाले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा राष्कोट नगरपालीका २ कि २३ वर्षिय शर्मिला सार्की,२१ वर्षिय ठम्मि सार्कि रहेका छन् । दुर्घटनामा घाईते हुनेहरुमा राष्कोट नगरपालिका २ का अनिता सार्कि, गोविन्द सार्कि,कमला सार्कि,निल सार्कि,विवेक चौधरी,देवराज सार्कि,अनिता सार्कि,मिन सार्कि र गोपाल सार्कि रहेका छन् । सामान्य घाइतेको उपचार जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ, भने गम्भिर घाइते दुई जनालाई हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौ लगिएको छ ।

वेपत्ताहरुको खोजि कार्यका लागी कालिकोट जिल्लास्थित नेपाली सेना,जिल्ला प्रहरी लगायतका अन्य निकाय लागी परेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग