काठमाडौं । ग्लोबल आईएमई बैंकले चौथो त्रैमासिकमा कुल ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ नाफा गरेको थियो।
बैंकले असारसम्म ८ अर्ब ६८ करोड २१ लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ। जुन गत वर्ष ७ अर्ब २३ करोड ३१ लाख ७३ हजार रुपैयाँ थियो। त्यसैगरी बैंकले वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख ६४ हजार पुर्याएको छ। गत वर्ष यस्तो नाफा ४ अर्ब ५ करोड ४८ लाख ७९ हजार रुपैयाँ थियो।
अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १२.०२ प्रतिशत र प्रतिसेयर आम्दानी १६.३४ रुपैयाँ रहेको छ।
यो अवधिमा बैंकले १७ अर्ब १ करोड ५५ लाख ८३ हजार रुपैयाँ खुद सञ्चालन आय गरेको छ। गत वर्ष यस्तो आय १५ अर्ब २७ करोड २५ लाख ७१ हजार रहेको थियो। विवरणअनुसार बैंकको कुल सञ्चालन आय २१ अर्ब ८० करोड ३९ लाख ७५ हजार रहेको छ। जुन गत वर्ष २१ अर्ब २४ करोड ९१ लाख ६७ हजार रुपैयाँ रहेको थियो।
बैंकले १६ अर्ब २० करोड ३० लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्तो आय १६ अर्ब ६७ करोड ९९ लाख ३९ हजार रुपैयाँ रहेको थियो। विवरणअनसार बैंकमा खराब कर्जा ४.९६ प्रतिशत रहेको छ।
सम्बन्धित समाचार
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन
प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह
युटिएल लाइसेन्स होल्ड प्रकरण: प्राधिकरणको बदमासी, तीन पूर्वमन्त्री शंकाको घेरामा
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
सरकारी खर्च नियन्त्रणमा महालेखा कठोर
निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित
कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो






