संखुवासभा । संखुवासभाका १० स्थानीय तहमध्ये सिलिचोङ गाउँपालिका स्वास्थ्य क्षेत्रको कार्यसम्पादनमा पहिलो बन्न सफल भएको छ । सेवा प्रबाह, स्वास्थ्य उपकरण, भौतिक पुर्वाधार लगायतको ब्यवस्थापन लगायतका सुचाकाङ्कहरुको आधारमा सिलिचोङ प्रथम बनेको हो । स्वास्थ्य कार्यालय संखुवासभाले स्वास्थ्यसम्बन्धी विभिन्न सूचकका आधारमा कार्यसम्पादनमा सिलिचोङ गाउँपालिकाले प्रथम स्थान हालिल गरेको छ ।
आर्थिक वर्ष २०८२–०८३ मा सम्पादित स्वास्थ्यसम्बन्धी गतिविधिका मुख्य सूचकहरूका आधारमा सिलिचोङ गाउँपालिकाले ८० दशमलव ७ अंक ल्याएर पहिलो बनेको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख महेश भट्टले बताए । त्यसैगरी मकालु गाउँपालिका ७९ दशमलब ९ अंक ल्याएर दोस्रो भएको छ । भने खाँदबारी नगरपालिका ७९ दशमलव ८ अंकका साथ तेस्रो स्थान हासिल गरेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए ।
स्वास्थ्य कार्यालय संखुवासभाले आर्थिक वर्ष २०८२–०८३ को स्वास्थ्य कार्यक्रमहरूको समग्र समीक्षा तथा स्वास्थ्य सूचक विश्लेषणका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहहरूलाई सम्मान गरेको छ । सिलिचोङ गाउँपालिकाको प्रशंसा पत्र स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङलाई हस्तान्तरण गरिएको थियो ।
सिलिचोङ गाउँपालिका यसअघि दुई आर्थिक बर्ष लगातार पहिलो भइसकेको छ । आर्थिक वर्ष २०८२–०८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको समग्र समीक्षा तथा स्वास्थ्य सूचक विश्लेषणका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहहरूलाई खाँदबारीमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले स्वास्थ्य सेवाको गुणस्तर सुधार, प्रभावकारी सेवा प्रवाह र स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धाले नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सिर्जना भएको बताए । स्वास्थ्य निर्देशनालय धनकुटाका वरिष्ठ खोप अधिकृत भरत भण्डारीले स्वास्थ्य सूचकमा सुधार ल्याउन स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य कार्यालयले आगामी वर्षहरूमा पनि स्वास्थ्य सूचकहरूमा थप सुधार गर्दै सबै स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धा, प्रभावकारी सेवा प्रवाह र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सहकार्यलाई निरन्तरता दिने जनाएको छ । स्वास्थ्य कार्यालयले यस्ता मूल्याङ्कनले स्थानीय तहलाई स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धितर्फ थप जिम्मेवार र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास जनाएको छ ।
जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहले स्वास्थ्य सेवाको गुणस्तरीय तथा उपलब्धिमा सुधार गर्ने उद्देश्यले विभिन्न १६ वटा कार्यक्रममा प्रतिवद्धता जनाएको छन् ।
सम्बन्धित समाचार
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
पूर्वाञ्चल पब्लिक स्कुलको प्रि–स्कुल ग्राजुएसनमा ५६ विद्यार्थी दीक्षित
कार्यस्थलमा स्तनपान कक्षको अभाव
साकेलामा श्रमदानबाट विद्यालय संरक्षण अभियान सुरु
‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
हलेसीमा चाम्लिङ सामुदायिक होम–स्टेमा ब्रान्डिङ गरिएको कोदोको रक्सी बिक्रीमा
धनगढी उपमहानगरद्वारा दशरथ चन्द विश्वविद्यालय परिसर सरसफाइ
झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन






