काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने कार्यतालिका परिवर्तन भएको छ। साउन २६ गते राति काठमाडौँ फर्किने तय भए पनि उनी आगामी बिहीबार साउन २८ गते दिउँसो साढे १२ बजे काठमाडौँ आइपुग्ने भएका हुन् ।
साउन २६ गते राति पौने १० बजे काठमाडौँ अवतरण हुने तालिका भए पनि रातिको समयमा विमानस्थलमा स्वागत गर्न कठिन हुने भएकाले समर्थकको आग्रहमा उडानको समय परिवर्तन गरिएको बताइएको छ ।
देउवा बिहीबार थाई एयरवेजको विमानमार्फत काठमाडौँ आउने जनाइएको छ। उपचारका लागि देउवा गत फागुन १३ गते सिंगापुर एयरलाइन्सबाट सिंगापुर गएका थिए। थप उपचारका लागि उनी २०८२ चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस
कर्णालीमा मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
अझै देशको राजनीति सहज भइसकेको छैन : नेकपा संयोजक प्रचण्ड
गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर युवकको मृत्यु
हट्यो लहानमा लगाइएको कर्फ्यु, गोलबजारको भने यथावत्
गोलबजारको कर्फ्यु हटाइयो
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक






