सिरहा । सिरहाको लहानमा लगाइएको कर्फ्यु हटाइएको छ । गोलबजारको भने जारी यथावत् छ ।
सुनसरीमा केही दिनअघि दुई समूहबीच भएको झडप नियन्त्रणमका लिने क्रममा प्रहरीले चलाएको गोली लागेर औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादव मृत्यु भएको थियो । युवकको मृत्यु भएपछि गोलबजारको अवस्था सामान्य हुन सकेको छैन ।
यादवको परिवारसँग आठबुँदे सहमति भए पनि गोलबजारमा भने कर्फ्यु यथावत राखिएको छ । गणेशको शव नल्याउँदासम्म गोलबजारको कर्फ्यु नहटाइने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)






