भक्तपुरमा एक सिलिण्डर खाना पकाउने एलपी ग्यासको ७ हजार रुपैयाँ

काठमाडौं । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन् ।

उपभोक्तालाई प्रतिसिलिण्डर सात हजार रुपैयाँका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

उनले सञ्चालन गरेको किराना पसलबाट तीन थान सिलिण्डर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

भक्तपुरमा एक सिलिण्डर खाना पकाउने एलपी ग्यासको ७ हजार रुपैयाँ