काठमाडौं । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का ४२ वटा घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ११ गते बिहान १० बजेदेखि साउन १२ गते बिहान १० बजेसम्मको अवधिमा तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
सबैभन्दा बढी १२ वटा सर्पदंशका घटना भएका, १२ वटा पहिरो, सात वटा आगलागी, ६ वटा अविरल वर्षा, तीन जनावर आक्रमण, एक बाढी र एक भूकम्पको घटना भएका छन् ।
ती घटनाका कारण करिब नौ लाख २२ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)
सम्बन्धित समाचार
बौद्धमा महिलाद्वारा आत्मदमाह प्रयास, कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार जारी
सुकुम्बासीलाई गृहजिल्ला फर्काउँदै सरकार
विद्युत् प्रसारण लाइनको तार छोएर दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति
६ लाख ६५ हजार रुपैयाँसहित नेपाल सरकारका उपसचिव पक्राउ
स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना
यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र
एकैदिन विपद्का ४२ घटना






