काठमाडौं । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का ४२ वटा घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ११ गते बिहान १० बजेदेखि साउन १२ गते बिहान १० बजेसम्मको अवधिमा तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
सबैभन्दा बढी १२ वटा सर्पदंशका घटना भएका, १२ वटा पहिरो, सात वटा आगलागी, ६ वटा अविरल वर्षा, तीन जनावर आक्रमण, एक बाढी र एक भूकम्पको घटना भएका छन् ।
ती घटनाका कारण करिब नौ लाख २२ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)






