अमिताभले पाँच सय मजदुरलाई जहाजमा घर पठाए

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले मुम्बईमा अलपत्र परेका ५ सय जना मजदुरलाई उद्धार गरेर घर पठाएका छन् । उनले उत्तर प्रदेशको बनारस आसपासका मजदुरहरूलाई मुम्बईबाट हवाईजहाजमा पठाएका हुन् ।

कतिपय मजदुरहरूले दुई महिनाभन्दा लामो लकडाउनका कारण मुम्बईमा भोकै बस्नुपरेको र घर जान भाडासमेत नभएको दुःख मिडियामा व्यक्त गरेपछि अभिनेता अमिताभ भावुक बनेका थिए । उनले सोही कारण तत्कालै यो कदम उठाएका हुन् । उनले बुधबार ५ सय जना मजदुरलाई तीनवटा फ्लाइट बुक गरेर बनासर पठाएका छन् । सो फ्लाईटमा मुम्बईबाट आएका मजदुरहरू उत्तर प्रदेशको बनारससहित विभिन्न स्थानका रहेका छन् ।

अमिताभ बच्चनले यो समाचालाई बाहिर ल्याउन नचाहे पनि भारतीय मिडियाले बुधबार यसलाई महŒवका साथ प्रसारणमा ल्याएका छन् । अमिताभको कम्पनी एबी कर्पोरेसन लिमिटेडमार्फत उनीहरूलाई टिकट काटेर घर पठाइएको हो । सो कम्पनीका म्यानेजिङ डाइरेक्टर राजेश यादवले अमिताभको सल्लाहअनुसार मजदुरलाई बनारस पठाउने जिम्मा लिएका थिए ।

जहाजबाट झरेपछि मजदुरहरूले सरकारले बेवस्ता गरेको बेला अमिताभ बच्चन आफूहरूका लागि वास्तविक हिरोका रूपमा अहिले प्रस्तुत भएको बताएका छन् । घर आउन पाउँदा उनीहरूले खुसीसमेत व्यक्त गरेका छन् ।
यसअघि भारतीय अभिनेता सोनु सुदले पनि विभिन्न ठाउँमा आपतमा परेका मजदुरहरूलाई सहयोग गरेर घरसम्म पु¥याउने काम गरेका थिए । सोही क्रममा अमिभातले पनि बुधबार मजदुरलाई घरसम्म पु¥याउने सहयोग गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

झापामा हुरी र वर्षाले केराखेती नष्ट