रसुवा । रसुवाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।
आगामी भदौ १२ गतेको मेलाका निम्ति यहाँका होटल व्यवसायीले प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल, चामल, तेल, नुन तथा मसलालगायत खाद्य सामग्री ढुवानी गरिरहेका छन् ।
गोसाइँकुण्ड मार्ग होटल व्यवसायी सङ्घका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटलले तयारी तीव्र गतिमा गरिरहेका छन् ।
तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले दुई सयभन्दा बढी थर्पु (टहरा) निर्माण भइरहेका छन् । यसैबीच, लाङ्टाङ राष्ट्रिय निकुञ्जले हरेक थर्पुमा शौचालयको प्रबन्ध गर्न होटल व्यवसायीलाई अनुरोध गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)
सम्बन्धित समाचार
पूर्वाधारमन्त्री लम्सालले रोहिणीबाट मन्त्रालय चलाउने
भक्ति सङ्गीतको १६औँ शृङ्खला सम्पन्न
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
सामुदायिक संवेदनशीलता व्यवस्थापनमा सुरक्षा निकायको गम्भीर लापरवाही
लमजुङमा पहिरोले धन्सार पुरिँदा एकै परिवारका चारजना घाइते
नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनः पहिरो, खुल्न २ घण्टा लाग्ने
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त






