पूर्वाधारमन्त्री लम्सालले रोहिणीबाट मन्त्रालय चलाउने

रुपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले एक महिनासम्म रुपन्देहीको रोहिणी गाउँपालिकाबाटै मन्त्रालय सञ्चालन गर्ने घोषणा गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने रोहिणी गाउँपालिकामा बुधबार गाउँब्लक जग्गामा रहेका २७३ जना स्थानीयलाई लालपुर्जा वितरण गर्दै मन्त्री लम्सालले स्थानीयका समस्या नजिकबाट बुझ्न असोज महिनाभर रोहिणीमै बसेर मन्त्रालयको काम गर्ने बताएका हुन्।

उनका अनुसार त्यसका लागि आवश्यक कार्यालयको खोजी भइरहेको छ। उनले स्थानीयका गुनासा सुन्ने र पूर्वाधार विकासका कामलाई अघि बढाउने उद्देश्यले मन्त्रालयको कामसमेत रोहिणीबाटै गर्ने तयारी गरिएको बताए ।

“मन्त्रालय नै यही ठाउँमा बसेर चलाउने तयारी छ। असोज महिनाभर एक महिना यही रोहिणीमा बसेर काम गर्ने वाचा गर्छु । त्यसका लागि कार्यालयको खोजी भइरहेको छ,” मन्त्री लम्सालले भने ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह