सिराहा । सिराहाको गोलबजार क्षेत्रबाट प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधि र लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार बेलुका उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका वडा नं. ७, दुर्गा मन्दिर नजिकबाट १८ वर्षीय शिव प्रसाद राय कुर्मीलाई पक्राउ गरेको छ। सिराहाकै मिर्चैया नगरपालिका वडा नं. ८ निवासी कुर्मीलाई शंका लागि चेकजाँच गर्दा उनले बोकेको सेतो बोरा भित्र लुकाइराखेको ‘ONEREX-100 ML’ लेखिएको १३ बोतल प्रतिबन्धित औषधि र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, गएराति ९:०० बजेको समयमा गोलबजार नगरपालिका वडा नं. ८ पुरानो चोहर्वाबाट २३ वर्षीय जय कुमार नायक पक्राउ परेका छन्। गोलबजार नगरपालिका वडा नं. ६ निवासी नायक पैदल आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको हो। प्रहरीका अनुसार उक्त पदार्थ प्लाष्टिकसहित ६ ग्राम १४ मिलिग्राम र प्लाष्टिक बाहेक ४ ग्राम ५७ मिलिग्राम रहेको छ।
पक्राउ परेका दुवै जनालाई हाल इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
सम्बन्धित समाचार
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता
खैरो हेरोइनसहित पक्राउ
कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ
क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने दुलाल पक्राउ






