चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये रु। दुई करोड २९ लाख ९८ हजार ६४३ फिर्ता समेत गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिंक पठाएर ठगी गर्ने गरिएको उनले बताए । यस्तै उपहार लिनका लागि जनाउँदै ठगी गरिएको उनले जानकारी दिए । उनका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ । सामान्य रूपमा रु। २०० देखि लाखौँसम्मको ठगीको उजुरी आएको उनले जानकारी दिए ।

अनलाइन ठगीका निवेदन आउने क्रम दैनिक जसो भएकाले यसबाट सजग रहन उनले आग्रह गरे । अपरिचित व्यक्तिले पठाएको रिक्वयष्ट एसेप्ट गर्ने, अनावश्यक लिंक नखोल्नेजस्ता कार्यहरू गर्न उनले आग्रह गरे । उनले भने, “अनलाइनको माध्यमबाट ठगीएको महसुस भए नजिकको प्रहरीकोमा सम्पर्क गर्नुहुन अनुरोध छ ।”

यस्तै गत आवमा साइबर क्राइमसम्बन्धी ३९० निवेदन दर्ता भएका छन् । यसमध्ये ३७५ निवेदनको फर्छ्योट भएका छन् । पन्ध्र निवेदन बाँकी छन् । यहाँ परेका निवेदनलाई नेपाल प्रहरी प्रदेश कार्यालयसँगको समन्वय गरेर काम गरिएको उनले जानकारी दिए । उनका अनुसार अघिल्लो आव २०८१/०८२ मा यो सङ्ख्या ४११ थियो । तीमध्ये ३९८ निवेदन फर्छ्योट गरिएको छ । यसमध्ये १३ बाँकी थियो ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान