सांसदलाई विकास बजेट दिनु गैरसंवैधानिक भएको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले सांसदलाई निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि प्रत्यक्ष रूपमा बजेट विनियोजन गरी खर्च गर्ने अधिकार दिनु संविधानविपरीत हुने व्याख्या गरेको छ ।

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले संसद् विकास कोषजस्ता कार्यक्रमले व्यवस्थापिकाको अधिकारको गम्भीर विचलन हुने ठहर गरेको हो ।

मधेस प्रदेश सरकारले मन्त्रिपरिषद्बाट कोष खडा गरी निर्वाचन क्षेत्र विकासका लागि प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई ५ करोड र समानुपातिक प्रदेशसभा सदस्यलाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने तयारी गरेको भन्दै त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

कोष खडा गरी प्रदेशसभा सदस्यलाई बजेट दिने औपचारिक निर्णय भएको नदेखिएपछि २०८१ पुस १२ गते रिट खारेज गरिएको थियो । तर, उक्त फैसलाको पूर्णपाठमा सांसदलाई बजेट खर्च गर्ने अधिकार दिनु संवैधानिक व्यवस्थाविपरीत हुने स्पष्ट व्याख्या गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी