प्रधानमन्त्री शाहलाई एकैदिन भेट्दै भारत र चीनका राजदुत

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटबार्ता गर्दैछन् ।

यसअघि सामुहिक मात्रै भेटबार्ता गर्ने भन्दै अलग अलग छलफल अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले भोलि सोमवार भने दुई छिमेकी मुलुकका राजदुतसँग छुट्टाछुट्टै भेटबार्ता गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्ने कार्यक्रम तय भएको छ भने सोमवार दिउँसो नै ३ः०० बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यतालिका रहेको छ ।

गत मार्च २७ मा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका शाहले पदभार ग्रहण गरेको चार महिनापछि यी दुई देशका राजदूतहरूसँग भेट गर्न लागेका हुन्। यसअघि, अप्रिल ८ मा प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता भने गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी