सुनसरीमा सेनाको हवाई गस्ती सुरु

काठमाडौँ । सुनसरीमा नेपाली सेनाले हवाई गस्ती गरेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती गरेको हो ।

सुरक्षा अवस्था र वस्तुस्थिति बुझ्न सेनाले आफ्नोतर्फबाट गस्ती गरिरहेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन् । बुधबार अहिलेसम्म सुनसरी क्षेत्र शान्त रहेको पनि उनले जानकारी दिए । कर्फ्यु आदेश जारी भएसँगै नेपाली सेना परिचालन भएर फिल्डमा खटिएको थियो ।

बुधबार हवाई गस्ती पनि गरेसँगै पैदल र हवाई दुवैमार्फत सेनाले शान्ति सुव्यवस्था कायम गर्ने प्रयास गरेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

पर्साका एसपी पाठक फिर्ता, भट्टराईलाई कमान्ड