नेपालगञ्ज । नेपालगन्जमा ग्यास लुकाउने एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गराइएको छ । नेपालगन्ज–११ स्थित शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गराइएको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा फेला पारेको थियो । सो स्टोरले ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि अनुगमन टोली त्यहाँ पुगेको थियो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो ग्यास पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो । अनुगमन टोलीले किराना पसलबाट अखाद्य केही साम्रग्रीसमेत फेला पारेको छ ।
केही दिनदेखि बजारमा खाना पकाउने ग्यास अभाव देखिँदै आएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)
सम्बन्धित समाचार
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र
सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु
सप्तरीमा कर्फ्यु आदेश केही खुकुलो, ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न पाइने
सुनकोशीमा कारसहित बेपत्ता तीन जनाको खोजीका लागि बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन
नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच मध्यराति १९ बुँदे सहमति
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो बम्पर उपहार घोषणा
भक्तपुरमा एक सिलिण्डर खाना पकाउने एलपी ग्यासको ७ हजार रुपैयाँ






