स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत भण्डार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र चापाकोट नगरपालिकाको लागत साझेदारीमा एक करोड ६० लाखको लागतमा भण्डार निर्माण भएको हो ।
प्रारम्भमा दुई सय टनभन्दा बढी क्षमताको शीत भण्डार निर्माण गर्ने योजना रहे पनि बजेट अभावका कारण एक सय टन क्षमताको भण्डार निर्माण गरिएको चापाकोट–८ का वडाध्यक्ष टोपलाल न्यौपानेले जानकारी दिए ।
विशेषगरी व्यावसायिकरूपमा आलु उत्पादन हुने रत्नपुरमा शीत भण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । अब आलु भण्डारणका लागि भैरहवा, गल्याङको जिमुहा र पुतलीबजारसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । एक बोरा आलु ती भण्डार केन्द्रमा पुर्याउँदा किसानले ५०० सम्म खर्च गर्नुपर्ने बाध्यात्मक परिस्थिति पनि अन्त्य भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)
सम्बन्धित समाचार
कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए
ठेकेदारको लापरवाहीले वर्षौंदेखि अलपत्र छ फास्ट ट्रयाक
दाङमा सकियो ९४ प्रतिशत रोपाइँ
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
सामुदायिक संवेदनशीलता व्यवस्थापनमा सुरक्षा निकायको गम्भीर लापरवाही
बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
जीवन जिउने कलासम्बन्धी कार्यशाला






