काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा यही साउन १४ गतेको हिमपहिरोमा परी निधन भएका ६ जना नेपाली मध्ये ३ जनाको शव आज नेपाल ल्याइएको छ।
कतार एयरवेजको नियमित उडानबाट आज अपराह्न ४ः४५ किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव काठमाडौँ ल्याइएको हो । आज लाइएका तीन वटा शव मध्ये किली पेम्बा शेर्पा ‘किलु’को शव उनको निवास पैंयुटार आरुबारीमा लगिने र ग्यालु शेर्पा र निमा शेर्पाको शव बौद्ध स्थित शेर्पा गुम्बामा राखिने छ ।
मृत्यु भएका १० जना मध्ये एक नेपाली नवाङ थिन्डु शेर्पासहित एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव भने कठिन भुगोलका कारण उद्धार गर्न सकिएको छैन ।
उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव यही साउन २१ गते नेपाल ल्याइसकिएको छ भने निर्मल पुर्जा ‘निम्स दाइ’ को शव बेलायत लगिएको छ । ब्रोडपिक दुर्घटनामा ६ जना नेपाली सहित कुल १० जना आरोहीले ज्यान गुमाएका थिए ।
सम्बन्धित समाचार
कांग्रेस प्रदेशसभा सदस्य देउवा ११ महिनादेखि अमेरिकामा, सेवा–सुविधा भने नियमित
दाह्रा काटिएको धुर्बे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन
दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
सप्तरीको राजविराज र बोदेबरसाइन क्षेत्रमा कर्फ्यु जारी
२५ दिन यता मेची राजमार्ग अवरुद्ध
फास्ट ट्रयाक निर्माणमा मुख्यमन्त्रीकै कम्पनीको मनोमानी
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त






