सुनचाँदीको मूल्यमा व्यापक गिरावट, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य प्रतितोला पाँच हजार र चाँदीको मूल्य १४५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५१० रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६५५ रुपैयाँ कायम भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सुनचाँदीको मूल्यमा व्यापक गिरावट, कतिमा भइराखेको छ कारोबार ?