नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा ७ बर्षीया बालिका बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार ७ बर्षीया बालिकालाई स्थानीय २९ बर्षीय युवकले बलात्कार गरेका हुन् ।
बुधबार साँझ बलात्कार गरेको गाउँलेले थाहा पाए पछि युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीय बासिन्दाले बताएका छन् ।
युवक अहिले इलाका प्रहरी कार्यालय गैडकोटको नियन्त्रणमा रहेको छ । बालिकाको स्वास्थ्य परीक्षणको लागि पठाएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 655 times, 1 visits today)






