काठमाडौं । भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन भएको छ। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित ९० वर्षीय धौभडेल क्यानडाको क्यालगरीमा बितेका हुन्।
अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई त्यहाँस्थित छोरी निशाको घरमा राखिएको थियो । त्यही क्रममा उनको निधन भएको ज्वाइँ ज्योति वैद्यले जानकारी दिए।
उनका चार छोरीमध्ये तीन जना क्यानाडा र एक जना अमेरिकामा बस्छन्। नेकपा एमालेको तत्कालीन सरकारले उनलाई २०५१ माघ १८ गते भारतका लागि नेपाली राजदूत बनाएको थियो ।
त्यतिबेला नेपाल-भारत द्विपक्षीय सम्बन्ध विस्तार गर्न उनले राम्रो भूमिका निर्वाह गरेका थिए। प्रा.धौभडेलले संयुक्त राज्य अमेरिकाको ओरेगन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका थिए ।
भक्तपुर पुर्ख्यौली घर भएका उनको जन्म १९९२ फागुनमा सिराहामा भएको थियो। हजुरबुबा शंकरदास रोजगारीका क्रममा सिराहा पुगेपछि उनको परिवार तराईमै बसोबास गर्न थालेको थियो ।
सम्बन्धित समाचार
राष्ट्रपतिबाट खोसिँदै कैद माफीको अधिकार
गंगालाल हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. अमात्य नियुक्त
नेपालमा कति छन् शरणार्थी ?
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना
उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्याउँछौं : सभापति लामिछाने
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो






